४ जेष्ठ २०८१, शुक्रबार

ईलाका प्रशासन कार्यालय तुलसीपुरद्वाराआफ्नै नयाँ भवनवाट सेवा शुरु

प्रकाशित मिति :  13 February, 2020 6:02 pm


दाङ, १ फागुन । ईलाका प्रशासन कार्यालय तुलसीपुरले नयाँ भवनवाट सेवा शुरु गरेको छ । कार्यालयले बिहीबारदेखि तुलसीपुर-५ स्थित राप्ती प्रादेशिक अस्पतालदेखि उत्तरदेखि उत्तर तर्फ निर्माण गरिएको आफ्नै भवनवाट सेवा दिन शुरु गरेको हो ।

२५ बर्षअघिदेखि तुलसीपुरमा स्थापना भएको कार्यालय यसअघि तुलसीपुर- ९ दोघरेवाट भाडाको घरबाट सेवा प्रदान गर्दै आएको थियो ।

ईलाका प्रशासन कार्यालय तुलसीपुरको नाममा रहेको ६ सय ७७ वर्गमिटर जग्गामा भवन निर्माण भएपछि आफ्नै भवनवाट सेवा प्रदान गर्न थालेको हो ।

दुई करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैया लागतमा दुई तलामा १६ कोठाको भवन निर्माण गरिएको छ ।

२०७४ असार २५ गतेदेखि जुद्ध एण्ड पुर्ण निर्माण सेवाले भवन निर्माणको काम शुरु गरेको थियो । उक्त भवन २०७६ असार २५ गतेभित्र सक्ने गरि सम्झौता भएपनि समयमा काम पूरा नभएपछि असोज २० गतेसम्मको म्याद थप गरिएको थियो । कार्यालयको कम्पाउण्ड निर्माणको काम भने अझै बाँकी नै रहेको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डनले बताए ।



प्रतिक्रिया दिनुहोस !