२५ बैशाख २०८१, मंगलबार

भ्रम हटाएर शहरी कृषि प्रोत्साहन गर्न सरोकारवालाको जोड

प्रकाशित मिति :  4 October, 2021 5:44 pm


काठमाडौं । शहरी कृषि प्रतिस्पर्धात्मक नभइ पूरक बनाउनु पर्ने सराेकारवालाले आवश्यकता औंल्याएका छन् । विश्व खाद्य दिवस २०७८ को सन्दर्भमा मनाइदै गरेकाे महिनाव्यापी कार्यक्रम अन्तगर्गत मंगलबार आयोजित भर्चुअल कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।

वरिष्ठ बागवानी अधिकृत अरुण काफ्लेले शहरी खेतीलाई कौशी खेतीको रूपमा मात्र बुझेको तर शहरी खेती कौशी खेती मात्र नभएको बताए । ”ललितपुर, भक्तपुर र काठमाडौंमा मात्र ९७ प्रतिशत कुहिने फोहोर निस्कन्छ त्यसलाई व्यवस्थापन गर्न सक्यो भने कृषिका लागि शहरी क्षेत्रमा प्राङ्गारिक मल बनाउन सकिन्छ,” उनले बताए ।

उनले भने, “गुठीको जग्गा यकिन गरेर उत्पादनमा लगाउन सक्यो भने वातावरणको लागि राम्रो, कृषिजन्य उत्पादन पनि बढ्छ” । कृषि पुरानो शैलीको भएको भन्दै उनले यसलाई प्रविधिमा आधारित आधुनिक कृषि खेती र बिऊबिजन पनि धेरै उत्पादन हुने खाल्को लगाउन जोड दिए ।

शहरी कृषिलाई नाफामुखी बनाउने हो भने त्यसबाट भएको आम्दानीलाई प्रतिनिधित्व हुने गरी के गर्न सकिन्छ त्यो गर्नुपर्ने बताए ।

कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले शहरमा खेती नहुने धारणा नेपालीको रहेको बताए । कोभिडले गर्दा शहरी क्षेत्रमा हुने कृषि उत्पादन बढेको छ उनले भने “शहरमा विशिष्टता भन्दा पनि विशिष्ट हुँदै छौं हामीले केही काम गर्दैनौं त्यसकारण रोगी, दुखी, पिडा र मानसिक तनावमा छन्” ।

“शहरमा बसोबास गर्नेले के खाँदै छौं के खाँदै छौं कस्तो खाँदै छौं विषादी भएको खाँदै छौं कि कस्तो खाँदै छौं भन्ने बुझे भने सबैले खेती गर्न सुरु गर्ने,” उनले भने । कृषि क्षेत्र गाउँबाट शहर नभई शहरबाट गाउँ हुनुपर्ने उनको धारणा थियो ।

“शहरी कृषिलाई रासायनिक र विषादी प्रयोग नगरी कसरी उत्पादन गर्न सकिन्छ त्यता ध्यानकेन्द्रित गर्नुपर्ने ” उनले भने “अहिले बजारमा आएको बिउ बिजन नपुसंक हुन्छ भनेजस्ताे उत्पादन हुँदैन रैथाने बिउ लगाउनु पर्छ,” पाैडेलकाे भनाइ छ ।

कार्यक्रममा बाेल्दै बाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेले शहरी खेती कौशी खेती कोरोनाका कारण बन्दाबन्दी भएकोले तरकारीको समस्या भएकोले जो जहाँ बसेको छ त्यही उत्पादन गर्ने सोचले कौशी खेती आएको बताए ।

अगाडि बढ्न केही गर्नुपर्छ त्यही भएर कृषितर्फ आकर्षित गर्न अनुदानका विषय आएको उनले बताए । उनले शहरी कृषि र कौशी खेतीमा कस्तो प्रतिफल आउँछ त्यसको कागज बनाइराखेको उनकाे भनाइ छ ।

उनले सबैलाई कृषि गर्न आग्रह गरेका छन् । कृषिलाई रूपान्तरण गर्ने सोच अनुसार बाग्मती प्रदेशले गरिरहेको त्यसलाई सुधारदै लैजाने उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले एक जिल्ला एक उत्पादनमा जोड दिएको बताइन् । कृषिलाई अभियानको रूपमा लैजान सरकारसँग निजी क्षेत्र पनि लागेको उनले भनिन् ।

निजी क्षेत्र र प्रदेश सरकार मिलेर कसरी अगाडि बढ्न सकिने र यसका लागि सहकार्य गर्न तयार रहेकाे उनकाे भनाइ छ ।

घरको लागि मात्र नभइ व्यापारको लागि उत्पादन बढाउनु पर्ने उनले जनाए अर्गानिक खेतीमा जोड दिनुपर्ने जनाउँदै राणाले कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी कम भएपनि पछिल्लो समय कृषिमा निजी क्षेत्रको लगानी बढिरहेको बताइन् ।

खाद्यका लागि कृषि अभियानकाे संयाेजकत्वमा २५ वटा विभिन्न संस्थाकाे सहकार्यमा खाद्य दिवसलाई महिनाव्यापी रूपमा मनाइदैछ । अभियानका संयाेजक उद्वव अधिकारीले पनि सहरी खेतीका बारेमा भ्रमहरू सिर्जना भएकाले सराेकारवालाले भ्रम चिरेर अगाडि बढ्नुपर्नेमा जाेड दिए ।



प्रतिक्रिया दिनुहोस !