४ जेष्ठ २०८१, शुक्रबार

अनुमति नलिई वडा कार्यालयमै जनयुद्ध दिवस मनाईएको भन्दै कांग्रेसको विरोध

प्रकाशित मिति :  14 February, 2020 8:21 pm


रोल्पा, २ फागुन। रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर तीनको कार्यालयभित्रै सत्तारुढ नेकपाले जनयुद्ध दिवस मनाएको भन्दै नेपाली कांग्रेसले अापत्ति जनाएको छ ।

नेपाली कांग्रेस सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ कार्य समितिले विज्ञप्ति निकाल्दै वडाका का.वा. अध्यक्षको अनुमतिबिनै नेकपाले कार्यक्रम गरेको भन्दै बिरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ,’अध्यक्षसंग कुनै अनुमति नलिई वडा कार्यालय जस्तो सरकारी निकाय जहाँ कुनै कार्यक्रम गर्न पाईदैन भन्ने मापदण्डलाई उल्लंघन गरि उक्त दिवस मनाएकोमा त्यस्तो निन्दनीय कार्यको घोर भर्त्सना गर्दछ ।’



प्रतिक्रिया दिनुहोस !