४ जेष्ठ २०८१, शुक्रबार

पूर्वसांसद ज्ञवालीको निधन, संघीय संसदद्वारा शोक प्रस्ताव पारित

प्रकाशित मिति :  18 February, 2020 4:57 pm


काठमाडौं, ६ फागुन। पूर्वसांसद भागवत ज्ञवालीको निधन भएकाे छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उनकाे मंगलबार निधन भएकाे हाे। ज्ञवाली अल्सर रोगबाट पीडित थिए।

विसं २००१ साल कार्तिक १ गते जन्मिएका स्वर्गीय ज्ञवाली २०४८ को आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। उनी मानव अधिकार तथा परराष्ट्र समितिको सभापति समेत बनेका थिए । ज्ञवाली नेपाली कांग्रेस गुल्मीका प्रथम सभापति पनि हुन् ।

यसैबीच राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ ।

प्रतिनीधि सभा बैठकले पनि २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
ज्ञवालीकाे निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !