२४ बैशाख २०८१, सोमबार

१० लाख थान मास्कसहित सानोभर्‍याङबाट एक व्यापारी पक्राउ

प्रकाशित मिति :  18 March, 2020 4:10 pm


काठमाडौं, ५ चैत्र । 

चर्को मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभर्‍याङबाट न्यौपानेलाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको छ। गएराति प्रहरीले सुरज आर्केडबाट  एक हजार ६०० थान स्यानिटाइजरसहित विभिन्न ठाउँबाट १४ हजार थान मास्क पनि बरामद गरेको छ।



प्रतिक्रिया दिनुहोस !