८ जेष्ठ २०७९, आइतबार

स्याङ्जामा खाता खोल्यो काँग्रेसले,हरिनास १ मा गुरुङको प्यानल बिजयी

प्रकाशित मिति :  14 May, 2022 11:15 am


स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ८०४ मत ल्याएका छन् भने एमालेबाट उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत पाए यो पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

सदस्यहरुमा गठबन्धनका तर्फबाट लक्ष्मी बिक ८२३,देवीमाया दर्जी ८०९, तेज बहादुर थापा ७६५ र प्रेम बहादुर मानन्धर ८०३ मत ल्याई बिजयी भएका छन् ।

यस्तै पालिका अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धन कै अग्रता रहेको छ । गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसले ८३१ मत र एमालेले ५१८ मत ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस !