८ जेष्ठ २०७९, आइतबार

फेदीखोला गाउँपालिका-५ मा नेपाली काँग्रेसका डिलबहादुर गुरुङ बिजयी

प्रकाशित मिति :  14 May, 2022 12:03 pm


स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका डिलबहादुर गुरुङ बिजयी भएका छन् ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहेको फेदीखोला गाउँपालिकाको वडा नम्बर ५ मा बिजयी भएका गुरुङले ४०० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतनदास शर्माले ३५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरुमा नेपाली काँग्रेसकातर्फबाट महिला सदस्यमा पार्वती क्षेत्री, खुल्ला सदस्यमा कमल लामिछाने क्षेत्री, थमनबहादुर गुरुङ बिजयी भएका छन् ।

दलित महिला सदस्यमा भने नेकपा एमालेबाट कौशिला परियार बिजयी भएकी छन् ।



प्रतिक्रिया दिनुहोस !