१४ बैशाख २०८१, शुक्रबार

स्याङ्जा भीरकोट नगरपालिका वडा नम्बर १ र २ मा कांग्रेसको प्यानलै विजयी

प्रकाशित मिति :  15 May, 2022 9:10 am


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ मा दिपेन्द्र केसीको प्यानल नै बिजय भएको छ । केसीले ९१६ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका भगवान केसीले ४७६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

सदस्यमा दलित महिला सदस्य सबिता विश्वकर्मा, खुला सदस्य सुरेश खाँण ठकुरी, महोमद मिया, र महिला सदस्यमा निर्मला केसी निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर २ मा कांग्रेसका श्यामकाजी अधिकारीको प्यानल नै विजय भएको छ । अधिकारीले ८३३ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारले ५४२ मत प्राप्त गरेका थिए ।

सदस्यमा दलित महिला सदस्य सुनिता दर्जी, खुला सदस्य खड्का बहादुर महत, इन्द्र बहादुर खाँण र महिला सदस्यमा विन्दु खड्का निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !