१६ चैत्र २०८०, शुक्रबार

रोल्पा परिवर्तन गाउँपालिका २ मा ४ दलकाे गठबन्धनलाई हराउँदै माओवादी केन्द्र विजयी

प्रकाशित मिति :  15 May, 2022 1:01 pm


रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीको प्यानलै विजयी भएको छ ।

परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेतृत्वको नेकपा,एमाले ,काङ्ग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भएको हो ।

परिवर्तन २ मा बुढाले ९२९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका नन्दकिशोर डाँगी ६७५ मत प्राप्त गरे । वडा उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रकी नेतृत्व जयपुरी घर्तीको वडा हो ।



प्रतिक्रिया दिनुहोस !