१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं महानगरको १ र २ मा एमाले विजयी

प्रकाशित मिति :  16 May, 2022 1:43 pm



काठमाडौँ । काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे ।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भएका थिए ।



प्रतिक्रिया दिनुहोस !