८ बैशाख २०८१, शनिबार

रोल्पा सुनिलस्मृतिका अध्यक्ष बुढाथोकीले पदभार ग्रहण

प्रकाशित मिति :  20 May, 2022 1:26 pm


रोल्पा । रोल्पा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले पदभार ग्रहण गरेका छन् । सुनिलस्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पामा बुढाथोकीले आज पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्ने क्रममा अध्यक्ष बुढाथोकीले विकासका लागि टोल विकास समिति गठन गर्ने निर्णय गरेका छन् । उनले विकास निर्माण नै टोल विकास समिति मार्फत गर्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष बुढाथोकीले समिति गठनको निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि लुम्बिनी सञ्चारसँग कुरा गर्दै अध्यक्ष बुढाथोकीले भने, “मेरो उद्देश्य तल्लो तहसम्म पनि विकास पुगोस भन्ने हो यसका लागि टोल विकास समिति उपयुक्त हो ।” उनले सुरुवातमा एउटा गाउँलाई नमूनाको रुपमा लैजाने बताए ।

उनले भने,“टोल विकास समिति गठन गरेर एउटा गाउँमा नमुनाको रुपमा काम सुरु गर्छु, मानौ २० लाख रुपैयाँ समितिमा गयो भने त्यो टोलमा एउटा घरबाट एक सदस्यले अनिवार्य काम गर्नुपर्छ, यसले रोजगारी सिर्जना गर्छ ।”

उनले ठेक्कपट्टा र उपभोक्ता समितिबाट भन्दा टोल विकास समितिबाट काम गर्दा बढी प्रभाविकारी हुने र यो नै आफ्नो प्राथमिकताको विषय भएको बताए ।



प्रतिक्रिया दिनुहोस !