१२ श्रावण २०८१, शनिबार

डक्टरसहित आफै एम्बुलेन्स चलाएर वडाअध्यक्ष कोरोनाका शंकास्पद विरामी भेट्न गए

प्रकाशित मिति :  28 March, 2020 3:31 pm


रोल्पा, १५ चैत ।

रोल्पामा एक विरामीमा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्लो भएको जानकारी आएपछि वडाअध्यक्ष डाक्टरसहित एम्बुलेन्स चलाएर बिरामी भेट्न पुगेका छन् ।

सुनिल स्मृति गाँउपालिका वडानम्बर-४ का अध्यक्ष गञ्जबहादुर क्षेत्री आफै एम्बुलेन्स चलाएर बिरामी भेट्न पुगेका हुन् । उनले भनेका छन्,‘जनताको सेवाको लागि चालक पनि बन्दैछु म, सुनिल स्मृति गाउँपालिका वडा नम्बर-४ बाउबाङमा भारतको गुजरातबाट आएका बर्ष २१ का कमल रोका मगरलाई कोरोना भाइरसको जस्तै केही लक्षण देखिएको भन्ने खबर पाउँदा साथ प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डा.प्रकृति भट्टराई र म आफैं उक्त व्यक्तिको परिक्षण गर्न गएका थियौँ।’

बिरामीलाई परिक्षण गर्दा ज्वरो नभए पनि हल्का खोकी लाग्ने र छातीमा समस्या देखिएकोले अहिलेलाई औषधि दिई घरमै आइसोलेसनमा राखिएको क्षेत्रीले बताए । उनको स्वाब परीक्षणका नमुना पठाउन समन्वय भइरहेको डाक्टर भट्टराईले जानकारी दिईन् ।

 

यो पनि,



प्रतिक्रिया दिनुहोस !