५ जेष्ठ २०८१, शनिबार

रोल्पाका चारैजनामा कोरोना नभएको पुष्टी

प्रकाशित मिति :  5 April, 2020 11:23 pm


काठमाडौं, २३ चैत ।

रोल्पाबाट कोरोना भाइरस (कोभिड १९) को आशंका परीक्षणका लागि पठाईएका स्वाबको नमुन परीक्षण नेगेटिभ आएको छ ।

प्रयोगशालाले दिएको रिपोर्ट अनुसार रोल्पाबाट पठाइएका चारैजनाको नमुना नेगेटिभ आएको रोल्पा जिल्ला अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिए ।

सुनिल स्मृति गाँउपालिका वडा नम्बर—१ का २ जना र लिवाङ क्वारेन्टाइनमा रहेका २ जनाको नमुना परीक्षणका लागि पठाइएको थियो।

लिवाङबाट नमुना पठाइएकाका ५३ र ७२ बर्षका पुरुष रहेका थिए भने सुनिल स्मृति गाँउपालिका—१ का बावु छोरीको स्वाब पठाईएको हो । उनीहरु होम क्वारेन्टाइनमा थिए ।



प्रतिक्रिया दिनुहोस !