५ जेष्ठ २०८१, शनिबार

गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाई आफ्नै घरमा ‘नजरबन्द’

प्रकाशित मिति :  24 November, 2023 12:00 pm


काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’मा परेका छन्।

प्रसाईँको हिजो मंसिर ७ गतेदेखि सुरु भएको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी–प्रशासनले नयाँ रणनीति बनाएको छ ।

नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले प्रसाईको भक्तपुर थिमि स्थित निवासलाई वरपरबाट घेरेको छ ।

आज काठमाडौँको तीनकुनेमा कार्यक्रम घोषणा गरेका प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।

साथै प्रसाईलाई सामाजिक सद्‌भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।

स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो।



प्रतिक्रिया दिनुहोस !