५ जेष्ठ २०८१, शनिबार

अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा सम्मानित

प्रकाशित मिति :  26 November, 2023 11:03 am


काठमाडौँ । अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा सम्मानित भएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ५ छातेढुंगामा २०३९ सालदेखि सञ्चालन भएको दिपावली मेलामा फुटबल मेलाको प्रथम पुरस्कारको प्रायोजन गरेका थापा सम्मानित भएका हुन् । थापालाई मेला सञ्चालक समितिले एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।

दिपावली मेला–२०८० अन्तर्गत मङ्सिर २ गतेदेखि ८ गतेसम्म भएको बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव अन्तर्गत भगवती कप तथा पदम बहादुर थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिइने प्रथम पुरस्कारको रकम थापाले प्रायोजन गरेका थिए ।

४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा भएको थियो ।

थापाले प्रायोजन गरेको रकम १ लाख ५० हजार रुपैयाँ रहेको थियो । सम्मानित भएपछि थापाले खेलकुद क्षेत्रमा लागेका युवाहरूमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !