१२ श्रावण २०८१, शनिबार

कर्मचारीको मिलेमतोमा विदेशीलाई नागरिकता, ९ जनाका बाबु एउटै

प्रकाशित मिति :  11 November, 2019 12:17 am


काठमाडाैं, २५ कार्तिक

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन्। पक्राउ परेका बराल बिर्तामोड नगरपालिका–८ का वडासचिव हुन्।

पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनले घटनामा संलग्न अन्य व्यक्तिलाईसमेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए।

गैरकानुनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानबिन सुरु गरेको थियो।  निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन्। उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ। गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथिसमेत छानबिन थालिएको बताइएको छ।  प्रशासन स्रोतकाअनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ।

१६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ। त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेको बताइएको छ। यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा ९ जनाको बाबु एउटै कायम गरिएको छ। गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जिम्मेवारी दिएको बताइएको छ। गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत् नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ। नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुवा–आमा कायम गर्दै ९ जनालाई नागरिकता दिइएको पाइएको हो।

टेकबहादुर र रिनालाई बुवा–आमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन्। उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ। यसैगरी, गैरकानुनीरूपमा नागरिकता पाउनेमा धाइजन–६, झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन्। गृह स्रोतकाअनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानुनीरूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ मा तीनजनालाई नागरिकता वितरण गरेको छ। यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ।

यसअघि, २०७३ माघ १० गते तीनजनालाई गैरकानुनीरूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ। वि।सं २०७३ मा गैरकानुनीरूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथिसमेत छानबिन थालिएको छ भने तत्कालीन शरणामती गाविसका सन्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानबिनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुई देशबीचको आपसी सहकार्यले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुँदै गएको बताका छन् । भारत सरकारको सहयोगमा गोरखामा भइरहेको भूकम्पपछिको पुनःनिर्माणको अवलोकन गर्न यहाँ आएका राजदूत पुरीले भारत सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित पदेलडाँडाकी रेणु खड्काको घर निरीक्षण गरे । उनले गोरखाको पुनःनिर्माण तीव्र रुपमा अगाडि बढेकामा खुशी व्यक्त गरे । “दुई देशबीचको समन्वय र सहकार्यले पुनःनिर्माण तीव्र गतिमा भएको छ”, राजदूत पुरीले भने, “नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छ ।” 

राजदूत पुरीले सहयोग र आपसी सहकार्यमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए । भारतले गोरखा र नुवाकोटमा भूकम्पले क्षति पु¥याएका ५० हजार घर पुनःनिर्माणका लागि रु छ अर्ब ९५ करोड सहयोग उपलब्ध गराएको छ । गोरखामा २६ हजार ९१२ भूकम्पपीडितलाई सहयोग गरिएको यूएनडीपीका गोरखा संयोजक राम सापकोटाले जानकारी दिए । यहाँ २३ हजार ८०० घर पुनःनिर्माण सम्पन्न भएको उनले बताए । 



प्रतिक्रिया दिनुहोस !