६ जेष्ठ २०८१, आइतबार

कोरोनाबाट बाँकेमा ७ सात वर्षीया बालिका* समेत संक्रमित

प्रकाशित मिति :  3 May, 2020 5:05 pm


भेरी अस्पताल नेपालगञ्जको कोरोनो परीक्षण प्रयोगशालाको फाईल फोटो

काठमाण्डौं, २१ वैशाख ।

कोरोनाबाट बालिका समेत संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा  प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा भेटिएका कोरोना संक्रमित मध्य ७ बर्षका  समेत रहेको जानकारी दिए ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज मात्रै कोरोना संक्रमणको पुष्टि भएका मध्य ५ पुरुष र ४ महिला छन् । त्यसमध्य सात वर्षीया बालिका समते रहेको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

देवकोटाले भने ,‘नेपालगञ्जको प्रयोशालममा परीक्षण गर्दा ९ जनामा थप पोजेटिभ देखिएको छ । जसमा ५ जना पुरुष र ४ जना महिला   हुनुहुन्छ ।  उहाँहरु ७ देखि ५८ बर्ष उमेरका रहनुभएको हामीलाई जानकारी प्राप्त भएको छ ।’

पछिल्लो समय मुलुकभर कोरोना संक्रमितको संख्या ६९ पुग्दा बाँकेमा मात्रै १० जना भेटिएका छन् । बालबालिकामा समेत कोरोना संक्रमित भएको यो पहिलो घटना हो ।

*बालिका हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ । 

सम्बन्धित समाचार

आज मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ६९ पुग्यो



प्रतिक्रिया दिनुहोस !