२५ बैशाख २०८१, मंगलबार

सीमा मिचिएको विरोध गर्दै प्रर्दशनमा उत्रिएका पूर्व सभासद्सहित राष्ट्रिय जनमोर्चाका कार्यकर्ता पक्राउ

प्रकाशित मिति :  12 May, 2020 4:17 pm


काठमाण्डौं, ३० वैशाख ।

भारतले सीमा अतिक्रमण गरेको विरोध गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका कार्यकर्ता काठमाण्डौंको बनस्थलीबाट पक्राउ परेका छन् ।

विरोधमा उत्रिएका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले कोणसभा गर्न लाग्दा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पूर्वसभासद् मिना पुनसहित राष्ट्रिय जनमोर्चाका नेताहरु लाल बहादुर थापा, नारायण सापकोटा, रमेश पौडेल, रितु केसी, लक्ष्मी केसी, हिरा केसी, गायत्री पौडेल, मन्जु शर्मा, तुफान केसी, जीवन सेन, विमला थापा लगायत रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त बालाजुमा राखिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

फोटो : सञ्जल शर्माको फेसबुकबाट

 

  सम्बन्धित समाचार

भारतीय दूतावास अगाडि प्रर्दशन गर्न गएका अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ



प्रतिक्रिया दिनुहोस !