१२ श्रावण २०८१, शनिबार

हावाहुरीको सम्भावना

प्रकाशित मिति :  17 May, 2020 8:38 am


काठमाडौं  ४ जेठ।

अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको छ । देशको पूर्वी भूभाग आंशिक बदली र बाँकी भूभागमा  सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ

पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।आज राती देशको पूर्वी पहाडी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !