१२ आश्विन २०७९, बुधबार

म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगे

प्रकाशित मिति :  5 June, 2020 11:53 am


काठमाण्डौं, २३ जेठ ।

म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको  हो ।

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।म्यानमारमा रहेका २६ जना र युइएबाट १६८ नेपाली शुक्रबार नेपाल आउन लागेका हुन् ।

त्यस्तै, युएईबाट नेपाली नागरिक बोकेको विमान शुक्रबार दिउँसो साढे २ बजेदेखि ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल नागरिक उड्यन प्राधिकरणले जनायको छ ।  मन्त्रालयकाअनुसार कोभिड–१९ को उच्च जोखिमका बखत विदेशमा रहेका नेपाली नागरिकमध्ये फर्कनैपर्ने वाध्यतामा परेकालाई सरकारले नेपाल फिर्ता ल्याउन थालेको हो ।



प्रतिक्रिया दिनुहोस !