१६ चैत्र २०८०, शुक्रबार

शोक प्रस्ताव पारित

प्रकाशित मिति :  1 July, 2020 4:23 pm


काठमाडाैं, १६ असार । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको आज बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएकामा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

उनको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन्  ।

यसैबीच, पार्टीले स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !