१५ चैत्र २०८०, बिहिबार

२४ घण्टामा थपिए ४८२ कोरोना संक्रमित,काठमाडौं उपत्यकामा मात्र १७ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  1 July, 2020 4:46 pm


काठमाडौं, १७ असार । 

पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । अहिलेसम्म कूल संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए । संक्रमित मध्य ४ हजार ६५६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् भने बाजुराका ४३, महोत्तरी ३६, कैलालीका २७, सुर्खेतका २२, धनुषाका २१, कञ्चनपुरका २०, डोटीका २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११र११ जना र लमजुङका १० जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । ।

यस्तै, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३र३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २र२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एक एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र दुई पुरुष तथा भक्तपुरका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा पत्रकार गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !