८ जेष्ठ २०८१, मंगलबार

कैलाली एफएममा कार्यरत पत्रकार मृत अवस्थामा फेला

प्रकाशित मिति :  18 September, 2020 4:21 pm


कैलाली, २ असोज । 

कैलालीमा कार्यरत एक  महिला पत्रकार मृत अवस्थामा फेला परेकी छिन्। कैलालीको घोडाघोडी नगरपालिकामा -५मा पत्रकार निर्मला पहराइ शुक्रवार  मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले उनलाई झुन्डिएर मृत अवस्थामा फेला पारेको जानकारी दिएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ४ की २३ बर्षिया निर्मला  कैलाली एफएममा कार्यरत थिइन्।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथाप्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए।

उनी ३ दिन अघिदेखि सम्पर्कबिहिन भएकी थिईन । परिवारिक स्रोतका अनुसार उनी सुख्खड जान भनेर हिडेकी थिईन ।



प्रतिक्रिया दिनुहोस !