१९ बैशाख २०८१, बुधबार

शनिबारसम्म देशभर वर्षा हुने

प्रकाशित मिति :  23 September, 2020 3:06 pm


काठमाडाैं, ७ असाेज । 

पश्चिमी न्युन चापीय प्रणालीकाे प्रभावले गर्दा केहीदिन यता शुरू भएकाे बर्षा अगामी शनिबारसम्म हुने जल तथा माैसम विज्ञान अनुसन्धान विभागले जनाएकाे छ । भारतकाे उत्तर क्षेत्रमा न्युन चापीय प्रणाली पश्चिम-उत्तरपश्चिम सर्ने कम्रमा रहेका कारण अगामी शनिबारसम्म देशभर बर्षाकाे सम्भावना रहेकाे माैसमविद्ले बताएका छन् । यस बर्षकाे मनसुन औषतसमय भन्दा एक हप्ता ढिलाे बाहिरिने माैसमविद्काे अनुमान रहेकाे छ ।

अहिलेकाे अवस्थालाइ हेर्दा साे प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुन गतिबिधी अझै केही दिन बढ्ने सक्ने माैसमविद् बताउछन् । शनिबारसम्म घामलाग्ने सम्भाबना एकदमै न्युन रहेकाे उनले जानकारी दिए । हाल देशभर हल्का देखि मध्यम बर्षा भइरहेकाे छ । महाशाखाकाे पछिल्लाे विवरण अनुसार आज काठमाडाैं उपत्यकामा ४५.० मिलीमिटर बर्षा भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !