४ जेष्ठ २०८१, शुक्रबार

रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध

प्रकाशित मिति :  2 October, 2020 5:51 pm


समाचा प्रतिनिधि तस्बिर

१६ असोज,  गुल्मी
गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ ।

असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो । यसबाट जिल्लाको रिडीबाट सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका हुँदै वाग्लुङसम्म जाने सवारी तथा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

पटकपटक सडक खुलाउने प्रयास गर्दा पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि अझैसम्म पनि चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए ।

कालीगण्डकी करिडोर गौँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना, पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले आफूले उक्त सडकको अनुगमन गरिसकेकाले पहिरो नरोकिएसम्म सडक खुलाउन नसकिने बताए ।

सडक खुलाउनका लागि दुई यन्त्र तयारी अवस्थामा राखिएको र पहिरो झर्ने क्रम रोकिनसाथ सडक खुल्ने योजना प्रमुख सुवेदीको भनाइ छ । उक्त सडकको विकल्पमा तम्घास–इन्द्रेगौँडा सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !