७ बैशाख २०८१, शुक्रबार

खोलामा डुबेर भुपू प्रहरीकाे मृत्यु

प्रकाशित मिति :  15 October, 2020 4:55 pm


कञ्चनपुर, २९ असाेज । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेर मृत्य अवस्थामा फेला परेकाे प्रहरीले जनाकारी दिएकाे छ । घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !