१४ बैशाख २०८१, शुक्रबार

निर्मला पन्त हत्या प्रकरण : डिएसपी अंगुर जिसीसहित ३ प्रहरीको निलम्बन फुकुवा

प्रकाशित मिति :  15 October, 2020 6:09 pm


कञ्चनपुर,२९ असोज ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित ३ प्रहरीको निलम्बन फुकुवा भएको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) बाट खटिएका डिएसपी जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो। निलम्बन फुकुवा भएसँगै उनीहरुलाई काममा फर्किन बाटो खुलेको छ।

निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले ३१ भदौ २०७५ मा सीआईबीका तत्कालीन डीएसपी जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको थियो।



प्रतिक्रिया दिनुहोस !