८ बैशाख २०८१, शनिबार

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा एक आपसमा जुधे, एउटाकाे खाग भाचियाे

प्रकाशित मिति :  7 January, 2021 2:48 pm


चितवन । 

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा भाले गैँडा एक आपसमा जुधेर भाँच्चिएको खाग बेवारिसे अवस्थामा  फेला परेको  छ ।

राष्ट्रिय निकुञ्जको हाताभित्र पर्ने मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको बरालले जानकारी दिए।

खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएकोसंरक्षण अधिकृत बरालले जानकारी दिए।

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको निकुञ्जले जानकारी दिएको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् । निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै ४ वटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !