२४ बैशाख २०८१, सोमबार

तराईमा शितलहर

प्रकाशित मिति :  19 December, 2019 12:32 pm


काठमाडौं ,पुष ३

पश्चिमी तराईका केही  स्थानमा शित लहरको अवस्था देखिएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भूभागमा हुस्सु र कुहिरो देखिएको महाशाखाको भनाई छ । पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको र तराईका भूभागमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको समेत जनाएको छ । शुक्रबारदेखि भने पश्चिमी वायुको निकै प्रभाव पर्ने जनाइएको छ । आउँदो शनिबारसम्म नै देशको पश्चिमी र मध्य भूभाग तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !