१४ बैशाख २०८१, शुक्रबार

नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह चितवन जिल्ला प्रशासनको अनुरोध

प्रकाशित मिति :  15 June, 2021 12:32 pm


चितवन। स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्नरनगराउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !