८ बैशाख २०८१, शनिबार

थबाङ गाउँपालिकाद्धारा कोरोनाका कारण बन्द नियमित सेवा सुरु गर्ने निर्णय

प्रकाशित मिति :  18 June, 2021 3:24 pm


रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाले कार्यालयका काम अब नियमित सेवा सुरु गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणसँग जेठ २ गतेदेखि बन्द सबै कार्यालय खोलेर नियमित सेवा सुरु गर्ने निर्णय गरेको हो ।

आज सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले यही असार ६ गते आइतबारदेखि सम्पूर्ण कर्मचारीलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन भनेका छन् ।

सूचनामा गाउँपालिका र मातहतका सबै कार्यालय नियमित सञ्चालन हुने उल्लेख छ । कार्यालयमा स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गरेर कामकाज गर्न गाउँपलिकाले आग्रह गरेको छ । यद्यपी रोल्पामा निषेधाज्ञा भने असार १० गतेसम्म छ ।



प्रतिक्रिया दिनुहोस !