१३ बैशाख २०८१, बिहिबार

तुलसीपुर उपमहानगरपालिकाले नगर शिक्षक सेवा आयोग गठन गर्ने

प्रकाशित मिति :  18 June, 2021 7:22 pm


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर शिक्षक सेवा आयोगको गठन गरी दक्ष शैक्षिक जनशक्ती व्यवस्थापन गर्ने भएको छ ।

आज सार्वजनिक भएको नीति तथा कार्यक्रममा नगर शिक्षक सेवाको अवधारणा समावेश गरिएको हो । माध्यमिक शिक्षामा भर्ना दर ४४ प्रतिशतबाट आगामी आर्थिक वर्षमा ४७ प्रतिशत पुर्‍याइने प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको साक्षरता प्रतिशत ९७ रहेकोमा आगामी आबमा ९९ पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा, समृद्धिको लक्ष्य, आर्थिक र सामाजिक पुर्नलाभ, शिक्षा, कृषि, तथा पशु सेवा, खानेपानीमा प्राथमिकता साथ बजेट व्यवस्था गरिने उल्लेख छ ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धी समावेश गरेका कार्यक्रमहरु :

७९. तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर मेट्रो कलेज, राप्ती बबई क्याम्पस, जनता क्याम्पस, नेपाल संस्कृत विश्व विद्यालय, सबै विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार सुधार गर्न शैक्षिक सुधार रणनीति तथा कार्य योजना बनाइ आवश्यक काम गरिने छ ।
८०. आगामी बर्ष कक्षा ८ सम्मको शिक्षा पूर्ण निशुल्क र अनिवार्य गरिने छ । सबै विद्यालयमा स्थायी दरबन्दीको व्यवस्था गर्ने र सार्वजनिक प्रतिस्पर्धाबाट प्रधानाध्यापकको छनौट र नियुक्ती गर्ने व्यवस्था मिलाइने छ । साथै प्राबिधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक बिद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा, दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनआन्दोलनका घाइते परिवारकालाई निशुल्क अध्ययन अध्यापन गर्न मेयर छात्रबृत्ती कार्यक्रम प्रदान गरिनेछ ।
८१. तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका दलित छात्रा, अपाङ्गता भएका, शहिद परिवार तथा जनआन्दोलनका घाइते मध्यबाट मेडिकल, इञ्जिनयरिङ र प्राविधिक शिक्षामा स्नातक (कृषि, वन , पशु सेवा, कानुन र प्राविधिक शिक्षा) अध्ययन गर्ने एक–एकजनालाई सामुदायिक तथा सरकारी शैक्षिक संस्थामा अध्यन गरेमा मासिक पाँच हजार छात्रवृत्ती उपलब्ध गराइने छ ।
८२. सबै वडाबाट गरी करिब ५ हजार जनालाई छोटो तथा लामो अवधि र विशेष प्राविधिक तथा सिप विकास शिक्षा प्रदान गरिनेछ ।
८३. चारवर्ष उमेर समूहका सवै बालबालिकालाई प्रारम्भिक बाल शिक्षाको अवसर सुनिश्चित गर्दै प्रारम्भिक बालशिक्षा संचालनमा प्राथमिकता दिइनेछ ।
८४. बालविकास केन्द्रहरुमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८५. प्रारम्भिक बाल शिक्षालाई व्यवस्थित रुपमा संचालनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा कक्षाकोठा स्तरीकरणका साथै पूर्व प्राथमिक शिक्षक (स.का.)को क्षमता विकासका लागि तालिमको व्यवस्था मिलाइने छ ।
८६. यस उपमहानगरपालिकाभित्र अनुमति प्राप्त तथा अनुमति नलिई सञ्चालनमा रहेका शिशु कक्षा तथा वालउद्यानलाई गैर नाफामूलक सस्थाका रुपमा दर्ता गरी कानूनी दायरामा ल्याई नियमित अनुगमन गरिनेछ ।
८७. बाल बालिकालाई बाल शिक्षाको पहुँच सुनिश्चित गरी विद्यार्थी संख्या न्यून हुने वालविकास केन्द्रहरुलाई क्रमस स्थगन गदै सामुदायमा आधारित बाल बिकास केन्द्र समेतलाई अभिभावक शिक्षामा परिचालन गरिनेछ ।
८८. संघीय सरकारको समन्वयमा समयमै निशुल्क पाठ्यपुस्तक वितरणको व्यवस्था मिलाईने छ । विपतको समयमा समेत विद्यालय तथा विद्यार्थीको हातहातमा सजिलै पाठ्यपुस्तक तथा पाठ्यसामाग्रीे पु¥याउनका लागि विशेष ब्यवस्था गरिने छ ।
८९. स्थानियआवश्यकतालाई सम्वोधन गर्न आधारभूत तहका लागि स्थानीय पाठ्ययक्रम विकास गरी विद्यालय तहमा लागू गरिनेछ ।
९०. आधारभूत तहसम्म सञ्चालीत विद्यालयहरुमा इन्टरनेको ब्यवस्थापनका लागी थप अनुदानको ब्यवस्था गरिनेछ ।
९१. सकाईलाई जीवन, समाज र पाठ्यक्रमसँग जोड्ने सिकाई कार्य (प्रोजेक्ट बेस्ड लर्निङ) लाई प्रोत्साहन गरी शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न शिक्षकलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९२. बिद्यार्थीको उच्च सिकाई उपलब्धी हाँशिल गर्ने बिद्यालयहरुलाई थप अनुदानको व्यवस्था गरिनेछ ।
९३. बिद्यालय शिक्षाको गुणस्तर विकासको लागि अनुसन्धान, संरचनात्मक सुधार र व्यवस्थापन क्षमता विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९४. बिद्यालयहरुको भौतिक पूर्वाधारहरु भवन, शौचालय, पुस्तकालय, प्रयोगशालाहरुको निर्माण, मर्मत सम्भार, थप सामग्रीको व्यवस्था तथा स्तरोन्नतीको कार्यलाई निरन्तरता दिइनेछ ।
९५. बिद्यालयमा बिद्यार्थीको पहँुच तथा टिकाउ दर बढाउन कार्यक्रमहरु ल्याइने छन् ।सामुदायिक विद्यालयबाट एस इ ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई प्रोत्साहन गर्ने नीतिलाई अबलम्वन गरिनेछ ।
९६. खुल्ला तथा वैकल्पिक शैक्षिक कार्यक्रम, प्रोत्साहनमूलक कार्यक्रम, विभिन्न छात्रवृति वितरण, १२ कक्षासम्म निःशल्क पाठ्यपुस्तक वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
९७. मेघा तथा ठूला विद्यालय निर्माणको अवधारणलाई अगाडि वढाउँदै विद्यालयहरुको साझेदारीमा विद्यालय वसको ब्यवस्था गरिनेछ ।
९८. विद्यालय व्यवस्थापन समितिको क्षमता विस्तार गरिनुका साथै अभिभावकको विद्यालयमा नियमित उपस्थित वढाउन अभिभावक निगरानी समूह गठन गरिनेछ ।
९९. प्रस्तावित माध्यमिक तहको विद्यालयहरुमा सम्वन्धीत तहको शिक्षक दरवन्दि ब्यवस्था गरी स्थाई.प्र.अ.व्यवस्था गर्ने निति लाइ निरन्तरता दिईनेछ ।
१००. सामूदायिक अध्ययन केन्द्र र वडा कार्यालयहरुमार्फत सिपमूलक कार्यक्रम, तालिमहरु, आय आर्जनका कार्यक्रमहरु संचालन गरिने    छ ।

१०१. सामूदायिक अध्ययन केन्द्र र वडा कार्यालयहरु मार्फत सिपमूलक कार्यक्रम, तालिमहरु, आय आर्जनका कार्यक्रमहरु संचालन गरिने   छ ।

१०२. सामुदायिक अध्ययन केन्द्रको कार्य क्षमता विस्तार गरी निरन्तर शिक्षा तथा अभिभावक शिक्षा कार्यक्रम संचालन गरिने छ ।
१०३. यस तुलसीपर उपमहानगरपालिकाभित्र संचालित शैक्षिक परामर्श सेवा, व्रिजकोर्ष,भाषा शिक्षण,पूर्वतयारी कक्षा तथा कोचिङ कक्षाहरु अद्यावधिक गरी प्रभावकारी नियमन गरिनेछ ।
१०४. विदेशी भाषा –चाइनिज, जापनिज, कोरीयन) प्रशिक्षण केन्द्रहरु विद्यालयभित्र संचालनगर्न प्रोत्साहन गरिने छ ।
१०५. प्रविधिक शिक्षामा छात्राको पहँुच अभिवृद्धि गर्न तुलसीपुरका सामुदायीक विद्यालयतवाट एस्ईई उत्तिर्ण गरिव तथा जेहेन्दार छात्रालाई प्राविधिक शिक्षामा छात्रवृत्तिको ब्यवस्था गरिरनेछ ।
१०६. प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक नाफामुलक र गैर नाफामुलक सामूदायिक संस्थाहरुको वीचमा समन्वय, सहकार्य एवमं गुणस्तरका लागि अनुगमन कार्यलाई विशेष जोड दिइने छ ।
१०७. तुलसीपर उपमहानगरपालिकाद्धारा संचालीत तुलसीपुर मेट्रो कलेजमा सिटिइभिटि र विश्वविद्यालयको स्वीकृतमा अन्य थप विषय तथा संकायको विस्तार गरिनेछ ।
१०८. सघिय तथा प्रदेश सरकारको समन्यमा तुलसीपर उपमहानगरपालिकामा अवस्थीत नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय,पूर्वीय दर्शन,आध्यात्मिक, आयूर्वेदिक, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गदै यसको समयानुकुल आधुनिकीकरण र व्यवसायी वनाउन विश्वविद्यालय संग साझेदारीमा कार्यक्रमहरु संचालन गरिने छ ।
१०९. नगर स्तरीय आधारभूत तह उत्तिर्ण परीक्षा सञ्चान र ब्यवस्थापनको कार्य लाई निरन्तरता दिर्र्र्र्र्र्र्र्ईने छ ।
११०. विद्यालय,वडास्तर तथा उपमहानगरपालिका को शैक्षिक प्रशासनिक संरचना लाई थप सदृढ तुल्याइ तथ्यमा आधारित योजना निर्माण, कार्यान्वयन र नतिजामूलक अनुगमन तथा कार्य सम्पादनमा आधारित मूल्याकन प्रणालिको विकास गरिने छ ।
१११. शिक्षक दरवन्दी मिलान, विद्यालय गाभ्ने, कक्षा स्थगन गर्ने, भौतिक अवस्थाकोस्तरोन्नति, छात्रामैत्री शौचालय, विद्यालय घेरावार ,गुणस्तरीय रंग रोगन, बालमैत्री फर्निचर आदिलाई प्राथमिकता दिइने छ ।
११२. शहीदस्मृती विद्यालयमा विद्यार्थी भर्नादर बढाउन यसको प्रचार प्रसारका साथै विद्यालय संग सहकार्य लाई प्राथमिकता दिइने छ ।
११३. सवै विद्यालयमा अफिस प्रयोजनको लागि कम्यूटर, प्रिन्टरको व्यवस्था मिलाइने छ ।
११४. विभिन्न किसिमका अपाङ्ग भएका मध्ये (सुस्त श्रवन)र दृष्टिविहिन बालबालिकाहरुका लागि निश्चित स्थानमा आवासीय पठन पाठन को व्यवस्था मिलाइने छ ।
११५. नगर भित्र रहेका सामुदायिक बिद्यालयहरु लाई नमुना बनाउनका लागी पाइलटिङको रुपमा वडामा एक एक वटा तहगत नमुना विद्यालयको बिकास गरिनेछ ।
११६. आधारभूत तथा माध्यामिक तहका शिक्षकहरुलाई विषयगत तथा प्रविधिमा आधारीत क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चलान गरिनेछन् ।
११७. टिच फर नेपाल, चेन्जिङ स्टोरीज लगाएत शिक्षा सम्वद्ध गैरसरकारी सस्था संगको सहकार्य लाई निरन्तरता तथा विस्तार गरिने छ ।
११८. आर्थिक सुशासन कायम गर्न लेखासम्वन्धि कामगर्ने विद्यालयका कर्मचारीलाई लेखा सम्वन्धि तालिमको व्यवस्था गरिने छ ।
११९. शिक्षकको कार्यक्षमता मूल्याङकन उत्कृष्ट शिक्षकलाई मापडण्ड बनाइ प्रोत्साहन गरीने छ ।
१२०. जोखिम, तथा विपतीको समय र शिक्षणप्रणाली लाइ समयसापेक्ष सञ्चालन गर्न डिजिटल पूर्वाधार विकास गदै सार्वजनिक शिक्षा लिने सवै वालवालिकाको लागि आवश्यक उपकरण सहित शिक्षकलाई प्रविधिमैत्रि वनाउने नीति लिन एक शिक्षक एक ल्यापटप कार्यक्रम लाई अगाडि वढाइनेछ । जसका लागी सहज तरीकाले किस्ता बन्दीमा ल्यापटप खरीद गर्ने ब्यवस्था मिलाईनेछ ।
१२१. छात्राहरुलाई महिनावारी हुदा कक्षा छाड्ने, विद्यालयमा अनुपस्थित हुने प्रवृतिलाई निरुत्साहित गर्न र छात्रा उपस्थिति दर बढाउन उपमहानगरपालिकाले निशुल्क सेनेटरी प्याड वितरण कार्यलाइ यस बर्ष पनि निरन्तरता दिइनेछ ।
१२२. विद्यालय हाता बाहिर वडा कार्यालय र वि.व्य.स.ले तोकेको सिमाक्षेत्र भित्र मादकपदार्थ तथा सूर्तीजन्य वस्तुहरु र जंकफुडको विक्र्रिवितरणमा पूर्णतः निषेध गर्ने व्यवस्था मिलाइनेछ ।
१२३. प्रत्येक सामुदायिक विद्यालयमा एक बिद्यालय–एक स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ ।
१२४. शिक्षामा पहुच पुग्न नसकेका वर्ग, समुदाय लिड्ढ र क्षेत्रलाई सम्वोधन गर्न मेयर शैक्षिक उत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।
१२५. ब्ललगब ि कतबतगक या भमगअबतष्यलब िचभउयचत ९ ब्क्भ्च्० ले दिएको रिपोर्टका आधारमा सुधारका लागी एकिकृत बिद्यालय शिक्षा सुधारका कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइेनेछ ।
१२६. मुलुकको आर्थिक सम्वृद्घि हुने गरी ज्ञानमा आधारित अनुसन्धानमा संलग्न नगरभित्रका प्राज्ञार्थी तथा शिक्षकहरुलाई सहयोग गरिनेछ ।
१२७. विश्वभर फैलिएको कोभिड१९को दोसो्र लहरका कारण हाल तुलसीपुरका शैक्षिक सस्थाहरु बन्द रहेको अवस्था बाट सामान्य अवस्थामा लैजानु भन्दा अगाडि तुलसीपर उपमहानरपालिकाद्वारा पारीत गरेको वैकल्पिक सिकाइ सहजिकरण कार्यविधि २०७७अनुसार विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिईनेछ ।
१२८. कोभिड जोखिम न्यूनिकरण पश्चात सम्पूर्ण विद्यार्थी तथा शिक्षकको स्वास्थ्य परीक्षण गरी विद्यालय तथा शिक्षण सिकाइ सुरक्षित हुने वातावरणको प्रवन्ध मिलाइने । बिद्यालयहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गराइनेछ ।
१२९. कोभिड माहामारीले गर्दा अफ्ठेरोमा परेका सस्थागत विद्यालयहरुलाई लक्षित गरी उपमहानगरपालिकाले लिने ब्यवसायिक तथा नविकरण शुल्क र घरभाडा करमा सहुलियतका लागी पहल गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !