८ जेष्ठ २०८१, मंगलबार

पानी लिन धारामा गएकी महिलाको पहिरोमा पुरिएर मृत्यु

प्रकाशित मिति :  19 June, 2021 5:09 pm


बझाङ । बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीय ६० वर्षीया सुना दमाई पुरिएकी हुन् ।

पानी भर्न गएकी ती महिलाको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए ।

उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !