६ बैशाख २०८१, बिहिबार

रोल्पाको सुनछहरी गाउँपालिकामा ४ वटा खानेपानी आयोजना सम्पन्न

प्रकाशित मिति :  13 July, 2021 7:03 am


फोटो : जुनिसकुमार विष्ट

सुनछहरी । रोल्पाको सुनछहरी गाउँपालिमा ४ वटा खानेपानी आयोजना सम्पन्न भएको छ । आइ. एन. एफ. रोल्पा शाखा र गाउँपालिकाको लागत साझेदारीमा ४ वटा खानेपानी योजना सम्पन्न भएको हो ।

आई.एन.एफ. रोल्पा शाखाको ३३ लाख ३५ हजार ३ सय ४८ रुपैयाँ,गाउँपालिकाको ३१ लाख र श्रमदान १ करोड १७ लाख ८६ हजार ७ सय ९१ रुपैयाँ गरेर जम्मा १ करोड ८२ लाख २२ हजार १ सय ३९ रुपैयाँको लागतमा योजनाहरूसम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए ।

मुलखोला–घिच्चे–हार्भाङ खानेपानी योजना अन्तर्गत वडा नम्बर २ भित्रीगामको घिच्चे र हार्भाङ टोलका ३७ घरधुरीको लागि आइ. एन. एफ रोल्पाको १७ लाख ४८ हजार ३ सय २४ रुपैयाँ गाउँपालिकाको २० लाख ५० हजार र श्रमदान ७१ लाख १२ हजार ७ सय ७२ रुपैयाँ गरि १ करोड ९ लाख ११ हजार ९६ रुपैयाँमा उक्त योजना सम्पन्न भएको हो ।

उक्त टोलका ३७ घरधुरीमा एक घर एक कलधारा निर्माण भएको वडा अध्यक्ष तेमन घर्तीले जानकारी दिए । त्यसै गरि वडा नम्बर ३ बाहिरीगाममा २ वटा योजना सम्पन्न भएको छ ।

डाङनाङ खानेपानी योजना अन्तर्गत २४ घरधुरीको लागि आइ. एन. एफ रोल्पा शाखाको ३ लाख ३४ हजार ५ सय १३ रुपैयाँ, गाउँपालिकाको २ लाख र श्रमदान १० लाख ४१ हजार ६ सय १८ रुपैयाँ गरि जम्मा १५ लाख ७६ हजार १ सय ३१ रुपैयाँमा उक्त योजना सम्पन्न भएको हो ।

वडा अध्यक्ष मोतबहादुर घर्तीले टोलका नागरिकले आ.व २०७४/०७५ मा वडा कार्यालयले पाइप र रिजर्भ टयाङकी बनाएको र अहिले एक घर एक कलधारा निर्माण गरिएको जानकारी दिए ।

त्यस्तै वडा नम्बर ३ बाहिरीगामकै कुइपाधारा जुगुङ खानेपानी योजना अन्तर्गत २४ घरधुरीको लागि आइ.एन.एफ रोल्पा शाखाको ८ लाख ११ हजार ५ सय ७७ रुपैयाँ , गाउँपालिकाको ४ लाख र श्रमदान १८ लाख ९२ हजार ६ सय ४० गरि जम्मा ३१ लाख ४ हजार २ सय १७ रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।

वडा अध्यक्ष घर्तीका अनुसार २०५३ सालमा लुथ्रान संस्थाले खानेपानी योजना निर्माण गरेपछी सरकारी तहबाट कुनै पनि योजना नपरेको टोलमा अहिले संस्था र स्थानीय सरकारले खानेपानी योजना सम्पन्न गरेको हो।

नाट्घा भाङली खानेपानी योजाना वडा नम्बर ४ स्युरी अन्तर्गत १२ घरधुरीको लागि आइ. एन.एफ रोल्पा शाखाको ४ लाख ४० हजार ९ सय ३२ रुपैयाँ गाउँपालिकाको ४ लाख ४० हजार र श्रमदान १७ लाख ३९ हजार ७ सय ६० गरि जम्मा २६ लाख ३० हजार ६ सय ९३ रुपैयाँमा योजना सम्पन्न भएको हो।

भाङली टोलमा जिल्ला बिकास समितिले सार्वजनिक धाराहरु निर्माण गरिदिएको भए पनि नाट्घामा मोटरबाटो खुले पछि बस्ती बसेकाले खानेपानी समस्या रहेको थियो।उक्त ठाउँमा १ घण्टा हिडेर पानी भर्न जानु पर्ने बाध्यता रहेको र अहिले दुई वटै टोलमा एक घर एक कलधारा भए पछि उक्त बाध्यता हतेको वडा अध्यक्ष खडकबहादुर घर्तीले बताए ।



प्रतिक्रिया दिनुहोस !