२६ बैशाख २०८१, बुधबार

जनयुद्ध सुरू भएकै दिन हाेलेरीमा मिडिया सम्मेलन किन? (अवधारणा पत्रसहित)

प्रकाशित मिति :  11 February, 2020 7:57 pm


काठमाडाैं, २८ माघ । 

बुधबार र बिहीबार राेल्पाकाे हाेलेरीमा राष्ट्रिय मिडिया सम्मेलन हुन लागेकाे छ । रून्टीगढी गाउँपालिका र नेपाल पत्रकार महासंघ राेल्पा शाखाकाे अायाेजनामा हुन लागेकाे सम्मेलनमा मुलधारका संचारमाध्यमका सम्पादकीय नेतृत्वसमेत देशभरका एक सय बढी संचारकर्मी उपस्थित हुनेछन् ।

एक दर्जन कार्यपत्र प्रस्तुत गरिने दुइ दिने सम्मेलनमा हाेलेरी, राेल्पामात्र नभइ मुलुकभर न द्वन्द्वकाे बेलाकाे समिक्षा र यसका उपलब्धिदेखि कृषि, पर्यटन, विकास, धार्मिक सांस्कृतिक विविध विधामा राष्ट्रिय बहस हुने भएका छन् । २०५१ फागुन १ गते पहिलाे पटक हाेलेरी चाैकी अाक्रमण गरि जनयुद्ध सुरू गरेकाे माअाेवादीका तत्कालीन अाक्रमण कमाण्डरले उद्धघाटन गर्ने कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेकाे अायाेजकले जनाएका छन् ।

अाखिर जनयुद्धकै दिन किन अायाेजना गर्न थालियाे सम्मेलन? यसले राेल्पा र त्यस क्षेत्रकाे विकासका के याेगदान गर्न सक्छ? यि र यस्तै प्रश्नहरूकाे उत्तरमेटिएकाे अवधारणापत्र जस्ताकाे तस्तैः

अवधारण–पत्र
१.पृष्ठ भुमीः
रोल्पा जिल्लाका पर्यटकीय संभावना बोकेका विभिन्न स्थानहरुमा रुन्टीगढी गाउँपालिका (होलेरी क्षेत्र) एक मुख्य क्षेत्र हो । यो क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि उत्पादन ,युद्ध पर्यटन र ऐतिहाँसिक हिसावले महत्वपूर्ण छ । यसै यथार्ततालाई ख्याल गर्दै रुन्टीगढी गाउँ सभा र गाउँ कार्यपालिकाले यहाँको चौतर्फि विकासका लागि संघीय सरकार, प्रदेश सरकार छिमेकी स्थानीय सरकारहरु, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, दातृ निकाय र प्रेससंगको साझेदारी, समन्वय र सहकार्यमा विभिन्न प्रकारका प्रर्वद्धानात्मक र पूर्वाधार विकासका कार्यहरु सम्पन्न गर्दै आएको छ । पर्यटकीय क्षेत्रमा सडक तथा अन्य पूर्वाधार निर्माण, वडा कार्यालय सम्म पुग्ने मोटरबाटो हरुलाई बाह्रै महिना चल्ने गरी निर्माण तथा मर्मत, कृषि पकेट क्षेत्रहरुमा सडक तथा अन्य मैत्री पूर्वाधार हरु निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिने गरी नमुना कार्यक्रम संचालन भैरहेका छन् । खानेपानी, सिंचाइ तथा झोलुङ्गे पुल जस्ता नियमित कार्यक्रमहरु पनि संचालन हुदै आएका छन् । यहाँको प्रचार प्रसार र प्रर्वद्धनका लागि भिन्न कृयाकलापहरु पनि संचालन हुदै आएका छन् ।

गत वर्ष गाउँपालिकाको आयोजनामा यस क्षेत्रको पर्यटन प्रर्वधन तथा पूर्वाधार विकासका लागि रुन्टीगढी विकास सम्मेन २०७५ सम्पन्न भयो । यसै गरि प्रथम राष्ट्रिय अक्षर महोत्सव २०७५ आयोजना गरियो । यस क्षेत्रको प्रर्वद्धन होस र थोरै भए पनि पूर्वाधार निर्माणमा संघीय सरकार र प्रदेश सरकारको ध्यान जाओस भन्ने उदेश्य थियो । फलस्वरुप केहि ठुला पूर्वाधारका काम हरु भैरहेका छन् । प्रदेश सरकारको एक करोडको लागानीमा स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टी पुग्ने सडक निर्माण कार्य सुरु भएको छ । तुलसीपुर, ग्वारखोला होलेरी सडकमा करीव पाँच करोडको लागानीमा निर्माण कार्य भै रहेको छ । यसै वर्ष उक्त सडक जोडीएको छ । दहबनमा करीव ५ करोडको लगानीमा चिस्यान केन्द्र निर्माणको कार्य सुरु भएको छ । उघा डाडामा प्रदेश स्तरी मसलाबाली तालिम केन्द्र स्थपनाको कार्य प्रकृयामा गएको छ ।
सबैको सहकार्य, साझेदारी र समझदारी विना विकासमा उपलव्धी ग्रहण गर्न सकिदैन भन्ने मुल विषयलाइ मनन् गर्दै संचार क्षेत्रसंगको साझेदारीलाइ अझ वलियो वनाउदै यस क्षेत्रको चौतर्फि महत्वलाई जगजाहेर गर्न संघीय सरकारको अग्रसरतामा आयोजना हुन लागेको पर्यटन वर्ष २०२०को अवसरपारेर राष्ट्रिय शान्ति सम्मेलन २०७६ आयोजना गर्न यो कार्यक्रम प्रस्ताव गरिएको छ ।

२) भौगोलिक परिचयः
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ नंः प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको रुन्टिगढी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक स्वर्गद्वारी महाप्रभुको जन्म थलो रुन्टि र महाप्रभुले तपश्या गरेको ठाउँ गढीको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र होलेरी मा रहेको छ । यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ दक्षिण भागमा अवस्थिती रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल २३२.६९ वर्ग कि.मि. र जनसंख्या ३०५३१ रहेको छ । साविकका ७ वटा गाउँ विकास समितिहरु मिलाइएर वनेको यस रुन्टिगढी गाउँपालिकाको पूर्वमा प्यूठान नगरपालिका, पश्चिममा त्रिवेणी गाउँपालिका र कर्णालि प्रदेशको सल्यान जिल्ला, उत्तरमा रोल्पा नगरपालिका र सुनिल स्मृति गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ ।

३) होलेरी क्षेत्रका मुख्य पर्यटकीय स्थाल र सम्भावनाहरुः
क) स्वर्गद्वारी महाप्रभुको जन्म स्थान आध्यात्मीक स्थल रुन्टीः स्वर्गद्वारी महाप्रमुको जन्म स्थान रुन्टी साविकको सखि गा.वि.स. र हाल यस गाउँपलिकाको वडा नं. ९ स्थित रुन्टी गाउँमा पर्दछ । रुन्टीमा महाप्रभुले तपश्या गरेको भग्न ओडार, यज्ञ गरेको यज्ञशाला, मन्दिर, गौशाला र धर्मशाला लागाएतका स्थानहरु छन । सहिदमार्गको खस्रेबाट रुन्टी सम्म मोटरबाटोको ट्रयाक खनिएको छ ।

ख) स्वर्गद्वारी महाप्रभुको तपो भूमि तथा ऐतिहाँसीक किल्ला गढी लेकः बाइसे चौविसे राजाहरुको गढी रहेको यस स्थलमा महाप्रमुले स्वर्गद्वारी जानु अगाडी तपश्या गरेको हुदा यसलाइ तपो भूमि भनिन्छ । यहाँ मन्दीर तत्कालीन गढीको भग्नावसेस रहेको छ । हाल भ्यूटावर निर्माण भएको यस क्षेत्रबाट उत्तरी हिम श्रृखला र दक्षिणी समथर भुबाग हेर्न सकिन्छ । यहाँ सम्म मोटरबाटोको ट्रयाक र पैदल सिढी निर्माण गरिएको छ ।

ग) शिव पार्वती गुफाः होलेरी बजार देखि दक्षिण पश्चिम लर्फ शिव पार्वति गुफा अवस्थित छ । प्राकृतिक गुफा भित्र शिवलिङ्ग र गाइका थुनहरुको आकृति रहेको हुदा यसलाइ शिव पार्वति गुफा नामाकरण गरिएको छ । गुफा क्षेत्रमा प्रवेशद्वार, मन्दिर , प्रतिक्षालय लगाएक पूर्वाधारको निर्माण गरिएको छ । यहाँ सम्म पुग्ने मोटरबाटो निर्माण गरिएको छ ।

घ) भारत देखिने मुरुल्ले लेकः यस लेकबाट दक्षिणमा भारत सम्म देखिने भएकोले यसको नाम भारत देखिने लेक नामाकरण गरिएको छ । यहाँबाट उत्तरमा हिमाल समेत देख्न सकिन्छ । यस क्षेत्र सम्म पुग्ने मोटरबोटो निर्माण गरिएको छ ।

ङ) प्राकृतिक शुन्दरता ( हिमाल भ्यू, सन् सेट, सनराईज,कुहिरो, जंगल भ्यू आदि ): होलेरी क्षेत्रको अर्को अकर्षण सन साइन र सन सेट हो विहान उदाउने सर्य र वेलुका अस्थाउने सुर्यको दृष्य अति मनमोहक देखिन्छ । यस क्षेत्रमा आउने कुहिरोले शुन्दरता थपेको छ । होलेरी क्षेत्रको कयौं स्थानबाट हिमाल हेर्न सकिन्छ । नजिकै दाङ्ग उपत्यका भएकाले दाङ्ग, देउखरी, नेपालगंज र बुटवल समेतबाट गर्मी छल्न आउने र चिसोमा रमाउने आउनेको बाक्लै उपस्थिति हुन्छ होलेरीमा । यसकारण होलेरीलाइ हिलसाईडको रुपमा विकास पनि गर्न सकिन्छ ।

च) गुँरास गार्डेन: यस क्षेत्रको अर्को आर्कषण काफल, गुराँस, चुत्रा, ऐसेलु लागाएतका बन्य फल र फुल पनि हो । साथै कालिज मृग, बाग लागातका जनावरहहरु नजिकैको जंगलमा पाइने भएकाले यिनिहरुको समरक्षणका लागि अभियान चलाइएको छ । गुँरास फुल र रुखको संरक्षणका लागि गुँरास गार्डेन अभियान चलाइएको छ । गुँरासा गार्डेन पनि यस क्षेत्रको आर्कषणका रुपमा रहेको छ ।

छ) शान्ति स्मारक: २०५२ फागुन १ गते तत्कालीन माओवादीले प्रहरी चौकी आक्रम गरेर नेपालमा जनयुद्ध सुरुवात गरे । पछि २०५८ असार २८ गते पुन यसै स्थानमा पुनः आक्रमण गरेर ७२ जना प्रहरी अपरण गरियो र १ जनाको मृत्यू भयो । यसै स्थानमा गाउँपालिकाद्वारा शान्ति स्मारक निर्माण गरिदै छ ।

ज) पूर्व जनमुक्ति सेनाका शिविरहरु: दहवन, खस्रे र उघाँमा यस्ता शिविरहरु रहेका छन् । तत्कालीन जनमुक्ति सेना बसेका यस्था शिविरहरुलाइ पनि यस क्षेत्रको अर्कषका रुपमा लिन सकिन्छ ।

झ) माउन्टेन साइकीलिङ: कर्णालि प्रदेश अन्तर्गत सल्यायन जिल्लाको कपुरकोट देखि रोल्पा त्रिवेणी गाउँपालिको निगालपानी द्वारपानी हुदै दहवन होलेरी सैबाङ मैचन्ने हुदै स्वर्गद्वारी सम्म माउन्टे साइकीलिकङ संचालन गर्न सकिन्छ । यसैगरी दहवन होलेरी दाङ्गछेडी नयाँगाउँ सम्म साइकिलिङ गर्न सकिन्छ । हिमाल, जंगल, सनसेट र सनराइजको मजा लिदै माउन्टेन साइकिलिङको मजा लिन सकिन्छ ।

ञ) रक कलाईमिङ र रक हिल ः यस गाउँपालिका अन्तर्गत वडा नं. ९ र ७ को मध्यभागमा रहेको खस्रे पहरा मा रक कलाइमिङ र रक हिलको अवधारण अगाडी लिएको छ ।

ट) कृषि उत्पादन र पकेट क्षेत्र: यस क्षेत्रमा अदुवा, लसुन, टमाटर, प्याज, आलु, गोपी, काउली, सिमि लागाएतका तरकारी तथा बाख्रा पालनको अत्यन्त धेरै सम्भावना रहेको छ । साथै यस क्षेत्रमा सुन्तला, उँखु, स्थानीय प्रजातिको बदाम , कागती लागाएतका फलफुलहरुको उत्पादन उल्लेखनीय हुने गर्छ । यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिएकाछन् ।

ठ) होलेरी बजार क्षेत्र: होलेरी बजार क्षेत्र यस क्षेत्रको मुख्य अर्कषणको केन्द्र हो । यस क्षेत्रमा आरामदायी होटल, कटेज तथा रेस्टुरेन्ट स्थापनाका लागि उपयक्त स्थान मानीएको छ । करीव २२ मिटरको उचाइमा रहेको यस बजार क्षेबाट स्वर्गद्वारी पुग्न सकिने, बहु प्रतिक्षित सहिद मार्ग यहि बजार भएर सुरु हुने । प्राकृतिक हिसावले जंगलको विचमा रहेको गुँरास फुल्ने याममा सुन्दर देखिनु होलेरी बजार क्षेत्रका शुन्दरता हो ।
४) सम्मेलनको नाम ः होलेरी राष्ट्रिय मिडीया सम्मेलन २०७६, रुन्टीगढी गाउँपालिका होलेरी रोल्पा ।
५) सम्मेलन आयोजना हुने स्थान: होलेरी (शान्ति स्मारक निर्माण भएको ) स्थल र कार्यक्रम स्थल ।
६) सम्मेलन आयोजना हुने मिति: २०७६ फागुन १ र २ गते ।
७) सम्मेलन तालिका र विषय वस्तु: फागुन १ गते उद्घाटन र मञ्चको कार्यक्रम सम्पन्न गर्ने । यस्तो कार्यक्रममा कार्यपत्रहरु प्रस्तुत गर्ने र शेषणहरु संचालन गर्ने । सम्मेलन फागुन १ र २ गते सम्पन्न गर्ने ।
८) आयोजक ः रुन्टीगढी गाउँपालिका (मुल आयोजक समिति ) , सह ः आयोजक ः नेपाल पत्रकार महासं जिल्ला शाखा रोल्पा ।
९) आर्थिक श्रोत ः कार्यक्रम खर्च गाउँपालिकाले प्रायोजन गर्ने ।
१० ) सहभागी:
क) नेपाल पत्रकार महासघ केन्द्रिए समितिका पदाधिकारी , प्रदेश समितिहरुबाट प्रत्यक समितिहरुबाट १ जना महिला अनिवार्य पर्ने गरी बढीमा दुई जना सहभागी हुने । छिमेकि जिल्लाका महासंघहरुबाट अध्यक्ष वा महासंघले तोकेको १ जना प्रतिनिधि सहभागी हुने । काठ्माडौबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय संचार माध्यमहरुबाट अग्रज पत्रकार, प्रधान सम्पादक, सम्पादक तथा पत्रकाररा हरु । यसको समन्वय मुल आयोजक समिति, गाउँपालिका र पत्रकार महासंघले गर्ने ।

राजनैतिक सत्र सहभागीहरु
१) माननीय मन्त्री वर्षमान पुन
२) पूर्व सभामुख तथा सांसद माननीय ओनसरी घर्ती
३) ५ नं.प्रदेश सभा सदस्य माननीय अम्मर बहादुर डाँगी
४) रुन्टीगढी गाउँपालिका प्रमुख श्री बालाराम बुढा
संचारकर्मी सहभागीहरु
१) नारायण वाग्ले, पूर्व प्रधान सम्पादक कान्पिुर रा.दैनिक
२) किरन नेपाल, प्रधान सम्पादक हिमाल खवर पत्रिका
३) गुणराज लुईटेल प्रधान सम्पादक नागरिक दैनिक
४) नारायप्रसाद शर्मा अग्रज पत्रकार दाङ्ग
५) प्रशान्त अर्याल  प्रधान सम्पादक कान्ति पुर टेलिभिजन
६) टिकाराम यात्री ः सम्पादक एपि वान टेलिभिजन
७) नारायण अमृत सम्पादक नेपाललाईभ अनलाईन
८) अखण्ड भण्डारी सम्पादक अन्नपूर्ण रा.दैनिक
९) नितु पण्डीत अध्यक्ष संचारीका समुह नेपाल
१०) निर्मला शर्मा (समकोण) कान्तिपुर टेलिभिजन
११) भुषिता वशिष्ठ स्वतन्त्र लेखक
१३) गंगा वि.सी.कान्तिपुर राष्ट्रिय दैनिक
१४) उमेश चौहान सम्पादक नयाँ पत्रिका
१५ं शुसील गौतम अग्रज पत्रकार दाङ्ग
१६) डा. गोविन्द आचार्य
कार्यपत्रहरु
१) किन आउने होलेरी ? ः डा.गोविन्द आचार्य
२) रोल्पाबाटै कीन सुरु भयो जनयुद्ध ः नविन विभाष
३) रोल्पाको पत्रकारीताको नालिबेली ः नेपाल पत्रकार महासंघ होलेरी
शत्रहरु
१) होलेरी आक्रमणको कथा
२) छाँयामा पत्रकार छाँयामा समाचार
३) संघीयता, समाचार र संचारकर्मी
४) भेटीने देखिने र सुनिने सरकार
५) संचार र समृद्धि
६) रोल्पा राजनीति द्वन्द्व र अर्थतन्त्र
७) ओझेलमा आवाज
८) आवाज, अक्षर र आध्यात्म
९) रापती सेरोफोरो ः पत्रकारीताको घेरो



प्रतिक्रिया दिनुहोस !