१४ बैशाख २०८१, शुक्रबार

कोरोनाका कारण बन्द विद्यालय खोल्ने रोल्पा रुन्टीगढी गाउँपालिकाको निर्णय

प्रकाशित मिति :  2 September, 2021 9:03 am


रोल्पा। रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ । गाउँपालिकाले भदौ २० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

रुन्टीगढी गाउँपालिका गाउँ शिक्षा समितिको हिजो बसेको बैठकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै भदौ २० गतेदेखि सिकाइ सहजीकरण गर्ने निर्णय गरेको हो ।

गाउँ शिक्षा समितिले आधाभूत तह कक्षा १ देखि ५ सम्म एउटा डेस्क,बेन्चमा बढीमा २ जनामात्र बस्नेगरी कक्षाकोठाको निर्माण गरि सहजीकरण गर्ने, अन्य कक्षाको हकमा विद्यालयको सापेक्ष अनुसार जोर, बिजोगर वा अन्य प्रणालीको आधारमा सिकाइ सहजीकरण गर्ने, शिक्षक , कर्मचारी र विद्यार्थीहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने भनिएको छ ।

सेनिट्राइजरको प्रयोग गर्ने तथा साबुनपानीको ब्यबस्था गर्ने, विद्यार्थीहरु बिद्यालय रहदा, बाटोमा जादा रआउँदा घर आउँदा स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालना गर्न रगराउन सम्बन्धित बिद्यालयले आचारसंहिता जारी गरि लागू गर्ने लगायतका निर्णय गर्दै सुरक्षा मापदण्डको प्रयोग गर्न सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !