१४ बैशाख २०८१, शुक्रबार

सन्धिखर्क नगरपालिकाको बेरुजु २ करोड ६७ लाख भन्दा बढी, नियम विपरित अनुदान वितरण

प्रकाशित मिति :  3 September, 2021 1:55 pm


काठमाडौं । सन्धिखर्क नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ मा २ करोड ६७ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

जसमा असुल गर्नुपर्ने २ लाख १० हजार, नियमति गर्नुपर्ने २६ लाख ९ हजार र प्रमाण कागजात पेश गर्नुपर्ने रु. २ करोड १७ लाख ५१ हजार र सो मध्य २१ लाख ४९ हजार रुपैयाँ पेश्की रहेको छ ।

नियम विपरित नाफामूलक संस्थालाई अनुदान

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नियम विपरित नाफामूलक संस्थालाई अनुदान वितरण गरेको पाइएको छ । नगरपालिकाले दिप ज्योति महिला सहकारीलाई भवन निर्माणका लागि ५ लाख र माछापुच्छ«े म.वि. वचत तथा ऋण सहकारी संस्थालाई ५ लाख रुपैयाँ दिएको खुलेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीइ पूर्वाधार तथा दीर्घकालीन पुजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

जसबाट नाफा कमाउने उद्देश्यले स्थापित स्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन । तर आर्थिक वर्ष २०७७।७८ मा सन्धिखर्क नगरपालिकाले नाफामूलक २ संस्थालाई कार्यालय व्यवस्थापन र क्षमता विकास खर्चका लागि १० लाख रुपैयाँ दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !