२० बैशाख २०८१, बिहिबार

सरकारी कार्यलयमा डिजिटल भुक्तानी हुन सकेन

प्रकाशित मिति :  14 September, 2021 6:30 pm


काठमाडौं । नेपालमा डिजिटल भुक्तानी गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । यसको लागि विभिन्न डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी रहेका छन् । नेपालमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी पनि बढि राखेका छन् ।

नेपाल टेलिकमले पनि राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा “नमस्ते पे” सुरु गरेको छ । नेपालमा कोभिडको महामारीसँगै डिजिटल भुक्तानी वृद्धि भएको हो । कोभिड महामाहरीले डिजिटल भुक्तानीको क्षेत्र त बढायो तर सरकारी कार्यलयमा तिर्नु पर्ने भुक्तानीमा भने बैंकमै लाइन बस्नु पर्ने बाध्यता छ ।

अधिकांश सरकारी कार्यलयमा बैंकको भौचर नबुझाई भुक्तानी गरेको मान्य हुँदैन । नेपाल सरकारले सबै क्षेत्रमा डिजिटल भुक्तानी भनेपनि सरकारी कार्यलयमा भने बैंकमा लाइननै बस्नुपर्ने छ ।

अधिकांश सरकारी कार्यलयमा बैंकको भौचर बुझाएपछि मात्र काम हुने गरेका छन् । सरकारले निजि क्षेत्रलाई भुक्तानी डिजिटलमा लगेपनि सरकारी कार्यलयलाई डिजिटल भुक्तानीमा लैजान सकेको छैन ।

पहिला कार्यलयमा बिल लिएर गर्ने बैंक मार्फत हुने बनाएको थियो । अहिले बैंकमा नभई सिधैं डिजिटल भुक्तानी भएपनि अहिले पनि सरकारी कार्यलयमा बैंक र भौचरमै अड्किएका छन् । जसले गर्दा सेवाग्राही बैंकमा घण्टौ लाइन बस्न बाध्य छन् ।

डिजिटल भुक्तानी मार्फत एकैछिनमा हुने कामको लागि सरकारले सरकारी कार्यलय ध्यान केन्द्रित गरेको छैन । सरकारले सबै सेवाको भुक्तानी डिजिटल बनाउने भनेको छ । तरपनि सरकारी कार्यलयमा तिर्नु पर्ने रकम भने बैंकमा लाइननै बस्नुपर्ने अवस्था छ ।

पछिल्लो समयमा नेपालमा डिजिटल भुक्तानी गर्नेको संख्या बढेको छ । डिजिटल भुक्तानी बढ्यो भने नेवाली नोट छाप्ने झन्झट हुँदैन । पुरानो नोट सरकारले ब्रिकेट बनाएर आगो ताप्ने बनाउन लागेको छ ।

त्यसै कारण सरकारले पनि डिजिटल भुक्तानीमा लैजान चाहान्छ । तर सरकारी कार्यलयमानै त्यो हुन सकेको छैन । नोटको कारोबार हुँदा पुरानो भएपछि त्यसको प्रचलनमा आउँदैन र त्यसको ब्रिकेट बनाउने हो ।

२०७८÷७९ मौद्रिक नितिमा सरकारले डिजिटल मुद्राको डिजिटल भुक्तानी सेवा प्रदायकलाई पब्लिक कम्पनी बनाउने गरि निति ल्याएको छ । जसले गर्दा डिजिटल भुक्तानी सेवा प्रदायकले आइपिओ जारी गरेर सर्वसाधरणले लगानी गर्न पाउने छन् ।

सरकारले डिजिटल भुक्तानी बृहत बनाउन खोजे पनि अधिकांश सरकारी कार्यलयमा भने डिजिटल भुक्तानी भइरहेको छैन । देशका विभिन्न क्षेत्रमा रहेका सरकारी कार्यलयमा बैंकमै घण्टौ लाइन बस्नु पर्ने अवस्था छ ।

बैंकमा भुक्तानी गरिसकेपछि फेरी कार्यलयमा बैंकको भौचर नबुझाएसम्म पनि काम हुँदैन जसका कारण सरकारी कार्यलयमा रकम बुझाउनको लागि बैंकमा लाइन बस्न बाध्यता छ ।

सरकारले सरकारी कार्यलय डिजिटल भुक्तानी सम्बन्धि चासो नदिँदा सेवाग्राहीले दुख पाउने गरेका छन् । जसका कारण क्षणभरमा हुने कामको लागि घण्टौं कुर्न पर्ने बाध्यता छ ।



प्रतिक्रिया दिनुहोस !