१४ बैशाख २०८१, शुक्रबार

भूमिकास्थान नगरपालिकाको नेपाल निजामती कर्मचारी युनियन अध्यक्षमा खनाल

प्रकाशित मिति :  30 September, 2021 6:22 pm


अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियनको स्थानीय तहको अधिवेशन अन्तर्गत भूमिकास्थान नगरपालिकामा बलाराम खनालको अध्यक्षतामा १७ सदस्यीय स्थानीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा ज्ञानहरी खनाल, समावेशी उपाध्यक्ष मञ्जु खनाल, सचिव हिमा न्यौपाने, कोषाध्यक्ष सरद पोख्रेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा क्रमश : विन्दु पन्थी, जुना पाण्डे, बलाराम खनाल, धर्मराज भट्टराइ,चन्द्र बहादुर थापा, माधवी शाहा, सुनिता भण्डारी, सरिता गिरी, शान्ता आचार्य, गोविन्द प्रसाद घिमिरे, यमकला रेश्मी, कौशिला शाह रहेका छन् ।

नवनिर्वाचि अध्यक्ष खनालले पेशागत हकहित र प्रभावकारी सेवाप्रवाह दुवैकाम स्थानीय कार्य समितिले गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !