लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख ज्ञवालीसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आ.ब. २०७५/०७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अनुसन्धानमा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नं. प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाईरदोहोरो बिलको भुक्तानी लिनेरदिने कार्य गरेको तथा सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य भएको अख्तियारले जनाएको छ ।
उनीहरु विरुद्ध राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताको हकमा देहायबमोजिमको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी/नगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर गरी ७ वटा मिनि टिलरको रु. ६,२२,५०० बराबरको झुट्ठा बिल भरपाई बनाई दोहोरो भुक्तानी गरेका थिए ।








