एभरेष्ट बैंक ऋणपत्र नेप्सेमा सूचिकत
प्रकाशित मिति : 5 May, 2022 12:54 pm
काठमाडौं । नेप्सेमा बिहीबार एभरेष्ट बैंक लिमिटेडको ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नाममा प्रतिकित्ता २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता बिक्री गरेको थियो । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।








