१९ बैशाख २०८१, बुधबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको बजेट ५५ करोड ९५ लाख ११ हजार

प्रकाशित मिति :  24 June, 2022 5:59 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५५ करोड ९५ लाख ११ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले चालुतर्फ ३३ करोड ६९ लाख ६१ हजार र पुँजीगत तर्फ २२ करोड २४ लाख ५० हजार विनियोजन गरेको छ ।

गाउँपालिकाले आर्थिक विकास तर्फ कृषि क्षेत्रको विकास तथा आधुनिकिकरण,उद्योग तथा वाणिज्य क्षेत्रको विकास र विस्तार,पर्यटन प्रर्वद्धन,सहकारी र वित्तीय क्षेत्रको विकास र विस्तारका लागि रु.१ करोड ७३ लाख रुपैयाँ रकम विनियोजन गरेको उपाध्यक्ष मिना थापाले जानकारी दिइन् ।

प्रस्तावित बजेटको स्रोतमध्ये संघीय सरकारको रु. ११ करोड २१ लाख र प्रदेश सरकारको रु ६० लाख २३ हजार गरी ११ करोड ८१ लाख २३ हजार वित्तीय समानीकरण अनुदान, संघीय सरकारबाट रु. १० करोड ८६ लाख १३ हजार र प्रदेश सरकारबाट रु. ८० लाख ७५ हजार गरी राजश्व बाँडफाँटको रु. ११ करोड २६ लाख ८८ हजार, संघीय सरकारबाट प्राप्त ससर्त अनुदान रु. २३ करोड ९ लाख र प्रदेश सरकारबाट प्राप्त ससर्त अनुदान रु. ८० लाख गरी २३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै नेपाल सरकारबाट समपुरक कोषको रु. १ करोड १५ लाख र प्रदेश समपुरक कोष प्रदेश सरकारबाट प्राप्त हुने १ करोड ५० लाख गरी जम्मा रु. २ करोड ६५ लाख र गाउँपालिकाको संचित कोषबाट रु २ करोड १० लाख रुपैयाँ स्राेतकाे रूपमा रहने छ ।



प्रतिक्रिया दिनुहोस !