२६ बैशाख २०८१, बुधबार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ल्यायो रू. १ अर्ब ११ करोड बजेट

प्रकाशित मिति :  24 June, 2022 7:05 pm


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/८० को लागि १ अर्ब ११ करोड भन्दा बढीको ६३ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरसभामा पेश गरिएको बजेटबारे पत्रकार सम्मेलन गरेर जानकारी दिँदै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले आर्थिक विकासका लागि १० करोड ४२ लाख, सामाजिक विकासका लागि ६१ करोड ३८ लाख,पूर्वाधार विकासका लागि २७ करोड ९० लाख, वन,वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड १३ लाख र सुशासन तथा संस्थागत विकासका लागि १० करोड,८० लाख ९० हजार रुैयाँ विनियोजन गरिएको जानकारी दिए ।

श्रेष्ठले सामूदायिक लिफ्टिङ्ग खानेपानीको महसुस ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगरपालिकाको कार्यमा रहँदाको अवस्थामा कुनै कारण राज्यकोषबाट तलब भत्ता खाने नगरपालिका कर्मचारी वा शिक्षको मृत्यु भएमा प्रति परिवार ५० हजार सहयोग उपलब्ध गराउने बताए ।

त्यस्तै, नगरपालिका भित्रका ७० वर्ष मुनिका एकल महिला एकल पुरुषहरु मध्ये नियमित पारिश्रमिक तथा निवृत्तिभरण प्राप्त नगर्ने परिवारका व्यक्तिहरूलाई स्वास्थ्य बीमा गर्न ७५ प्रतिशत अनुदान दिने लगायतका विषयमा समेटेर बजेट ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !