८ बैशाख २०८१, शनिबार

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

प्रकाशित मिति :  8 August, 2022 7:43 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलबीच कार्यसम्पादन सम्झौता भएको छ ।

सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ तथा नियमावली, २०६५, निजामति सेवा ऐन, २०४९ तथा नियमावली २०५०, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लेखित प्रावधानका अतिरिक्त ३० वटा कार्यहरू सम्पादन गर्ने गरी चालू आर्थिक वर्षका लागि आज कार्य सम्पादन करार सम्झौता भएको हो ।

अध्यक्ष बुढाथोकीले कार्यसम्पादन सम्झौता अक्षरस पालना गरि पूर्ण कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत पौडेललाई निर्देशन दिए । प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले आफूमाथि जिम्मेवारी थपिएको र अध्यक्षज्यूबाट कुनै प्रकारको प्रश्न नउठ्ने गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,“मैले थप जिम्मेवारी थपिएको महसुस गरेको छु र अध्यक्षज्यूबाट कुनै प्रकारको प्रश्न नउठ्ने गरि कार्यान्वयन गर्छु ।”



प्रतिक्रिया दिनुहोस !