४ पुस २०८२, शुक्रबार

एनएमबी बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता

प्रकाशित मिति :  30 August, 2022 6:05 pm


काठमाडौँ । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्राउने सम्झौता गरेको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत हुने बैंंकका कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

केसीका अनुसार कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !