२ पुस २०८२, बुधबार

देशभर संचालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न सरकारको निर्देशन

प्रकाशित मिति :  16 October, 2022 4:14 pm


काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणबाट अर्को सूचना जारी नभएसम्म आजैका मितिदेखि प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउनका तत्काल बन्द गर्ने निर्णय भएको प्रवक्ता निरौलाले जानकारी दिए ।

पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएपछि प्राधिकरणले देशैभर प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !