१६ बैशाख २०८१, आइतबार

बर्दियामा झन्डै आठ हजार घर परिवारलाई राहत वितरण,६ सय ९० जना क्वारेन्टाइनमा

प्रकाशित मिति :  23 April, 2020 2:11 pm


बर्दिया, ११ वैशाख ।

बर्दियामा झन्डै आठ हजार घर परिवारलाई राहत वितरण गरिएको छ ।

आजसम्म ७ हजार ९ सय ६५ घरपरिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा सबैभन्दा धेरै मधुवन नगरपालिकाले राहत वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका तथ्याङ्कअनुसार मधुवनले हालसम्म २ हजार ४ सय ५८ घरपरिवारलाई राहत वितरण गरेको छ ।

यस्तै बढैयाताल गाउँपालिकाले १ हजार ६ सय, गुलरिया नगरपालिकाले ९ सय २३, बाँसगढी नगरपालिकाले ६ सय ६३, बारबर्दिया नगरपालिकाले एक हजार ३५ र ठाकुरबाबा नगरपालिकाले एक हजार २ सय ८६ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

६ सय ९० जना क्वारेन्टाइनमा

कोरोना भाइरस संक्रमण रोक्न जिल्ला बाहिर तथा भारत र तेस्रो मुलुकबाट आएका ६९० जनालाई बर्दियाका आठ पालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । तीमध्ये ६ सय २८ पुरुष र ६२ महिला छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया नगरपालिकामा १ सय ३२, मधुवन नगरपालिकामा १ सय २२, राजापुर नगरपालिकामा ७५, ठाकुबाबा नगरपालिकामा १ सय २१, बारबर्दियामा ९७, बाँसगढीमा १७, गेरुवा गाउँपालिकामा १ सय ४ र बढैयाताल गाउँपालिकामा २२ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

हालसम्म बर्दियाका आठ पालिकाका विभिन्न स्थानमा ९सय ९९ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । अहिलेसम्म ३ सय ८६ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट र २५ जनाको थ्रोट स्वाब परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले जानकारी दिए ।

परीक्षण गरिएका ३ सय ७१ र स्वाब परीक्षण गरिएका १४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । बारबर्दिया नगरपालिकामा स्थापित २६ सामुदायिक क्वारेन्टाइनमा २ सय ४९ जनालाई राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !