१४ बैशाख २०८१, शुक्रबार

रुकुम पूर्वमा खच्चडमार्फत खाद्यान्न ढुवानी

प्रकाशित मिति :  5 May, 2020 1:30 pm


रुकुम पूर्व, २३ वैशाख ।

लकडाउन लम्बिँदै गएपछि रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकाले सबै वडामा सहुलियत दरमा चामल र नुन ढुवानी सञ्चालन गरेको छ ।

विभिन्न ठाउँमा देखिएको खाद्यान्न अभाव पूर्ति गर्न गाँउपालिकाले सहुलियत दरमा गाउँगाउँमा चामल र नुन पठाएको हो । सडक पुगेका ठाउँमा गाडी र नपुगेका ठाउँमा घोडा र खच्चरमार्फत सामान ढुवानी गरिएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिईन् ।

चौध वडा रहेको पुथाउत्तरगंगा– १०, ११, १२, १३, र १४ मा मात्र सडक सुविधा पुगेको छ । अन्य वडामा भने खच्चरबाट चामल र नुन ढुवानी गरिएको छ ।

घोडा खच्चरमार्फत वडा नम्बर—२ को पेल्मामा तीन दिन लगाएर चामल र नुन पु¥याइएको उपाध्यक्ष शाहीले बताईन् ।

दाङबाट ल्याइएको ३४० क्विन्टल चामल र साल्ट ट्रेडिङ कर्पोरेशन रुकुमकोट वितरण केन्द्रले पठाएको दुई सय क्विन्टल आयोडिनयुक्त नुन गाउँपालिकाले आफ्नै ढुवानी खर्चमा सबै वडामा पु¥याएको हो ।

बन्दाबन्दीका समयमा विभिन्न ठाउँमा खाद्यान्नमा मूल्य वृद्धि भएको समाचार आइरहँदा गाउँपालिकाले भने निःशुल्क ढुवानीमा गाउँगाउँमा चामल र नुन पठाएको हो ।

गाउँपालिकाले गत आइतबारदेखि चामल र नुन ढुवानी शुुरु गरेको थियो । लगभग दुई साता लगाएर सबै वडामा चामल र नुुन पठाइएको छ । गाउँगाउँमा पु¥याइएको चामल प्रतिक्विन्टल रु चार हजार ८१२ र प्रतिपोका नुन रु १० बिक्रीवितरण भइरहेको उपाध्यक्ष शाहीले बताइन् ।

यस्तै सिस्ने गाउँपालिकाको वडा नम्बर १ प्वाङ र वडा नम्बर २ सिस्नेमा पनि खच्चरमार्फत नै खाद्यान्न ढुवानी हुने गरेको छ । ती वडाले घोडा खच्चरमार्फत खाद्यान्न ढुवानी गरेर विपन्न परिवारलाई राहत पनि वितरण गरेका छन् ।

लकडाउनमा खाद्यान्न अभाव हुन नदिन घोडा खच्चरमार्फत सामान ढुवानी गरिएको वडा नं १ का वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए ।

सम्बन्धित समाचार

रुकुम पूर्वमा किटको अभाव, कोरोना परीक्षण रोकियो

रुकुम पूर्वमा सांसद रोकाद्धारा सरोकार निकायसँग छलफल,कोरोनाबाट बच्न र सजकता अपनाउन आग्रह



प्रतिक्रिया दिनुहोस !