२० बैशाख २०८१, बिहिबार

रोल्पाको होलेरीमा ३ दिने बाख्रापालन तथा बजारीकरण तालिम सुरु

प्रकाशित मिति :  9 April, 2024 3:47 pm


रोल्पा । रोल्पाको होलेरीमा बाख्रापालन तथा बजारीकरण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।

डिकोस रोल्पाको समुन्ति परियोजनाको आयोजना तथा रुन्टीगढी गाउँपालिका पशु शाखाको समन्वयमा तालिम सुरु भएको हो । तालिममा रुन्टीगढीका बिभिन्न कृषक समूहहरुबाट २१ जना बाख्रा पालन कृषकहरुको सहभागिता रहेको छ ।

तालिम उद्घाटन समारोहमा बोल्दै गाउँ पालिका उपाध्यक्ष तथा उद्घाटन समारोहका अध्यक्ष सरिता के सीले बाख्रा पालन व्यवसाय अन्य व्यवसाय भन्दा सजिलो व्यवसाय भएको बताइन् ।

तालिम लिइसकेपछि व्यवसाय राम्रो बनाउन सके मात्र राज्यको लगानी सही ठाउँमा सदुपयोग हुने उनको भनाई थियो ।

३ दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षक रुन्टीगढी गाउँपालिका पशु शाखा प्रमुख श्यामणी वि क रहेका छन् ।

तालिममा बाख्रा पालन व्यवसायलाई कसरी व्यवस्थित र बजारीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !