१४ बैशाख २०८१, शुक्रबार

यात्रुबाहक सवारीसाधनमा भाडादर नटाँसे कारवाही

प्रकाशित मिति :  31 October, 2020 3:10 pm


Queue of commuters to get aboard a microbus in Kathmandu, in November, 2016. Photo: THT

काठमाडाैं, १५ कार्तिक । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनले भाडादरकाे सुची नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएकाे छ । शुक्रबारदेखि अभियानकै रुपमा शुरुवात गरी ४२९ वटा सवारीसाधनहरुमा भाडारदरकाे लिष्ट टाँसेकाे महाशाखाले जनाएकाे छ । शनिवार पनि साे अभियानलाई निरन्तरता दिइरहेकाे जानकारी दिएकाे छ ।

यात्रुबाहक सवारीसाधनले ताेकेकाे भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखेकाे सिटमामा पनि नियम अनुसार यात्रु नराख्ने तथा क्षमताभन्दा बढी यात्रु राखि ट्राफिक नियम उल्लङगन गरेकाे भन्दै काठमाडाै उपत्यकामा कडा चेकजाँच तथा निगरानी गरिराखेकाे महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिएका छन् ।

सार्वजनिक सवारीसाधनले नियम मिचेर चर्काे भाडा लिने गरेकाे गुनासाे व्यवस्थापन गर्न तथा यात्रुलाइ आफ्नाे गन्तव्यकाे भाडादर सजिलै थाहा पाउन सकिने भएका कारण सार्वजनिक सवारीसाधनमा भाडादरकाे लिष्ट अनिवार्य राख्न कडाइ गरिएकाे ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।



प्रतिक्रिया दिनुहोस !